लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पेट्रोलियम पदार्थको मूल्यवृद्धि बिरुद्ध इञ्जिनियरिङ्ग कलेजका बिद्यार्थीद्वारा आन्दोलन

tillotmacitynews - 2022 Jun 20 07:17 PM
IMG

तिलोत्तमा सिटी न्युज, असार ६ गते २०७९ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरुद्धमा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु लुम्बिनी इञ्जिनियरिङ्ग कलेजले आन्दोलन शुरू गरेको छ । आइतवार मध्यरातमा पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धि गरेसँगै विद्यार्थी संगठनहरूले सोमबार बिहानैबाट आन्दोलन शुरू गरेका हुन् ।तिलोत्तमा स्थित लुम्बिनी इञ्जिनियरिङ्ग कलेज अनेरास्ववियुले मुल्यबृद्धिको बिरोधमा भलवारीमा प्रदर्शन गरेका छन् । भलवारी स्थित नेपाल आयल निगम परिसर अगाडि विद्यार्थीहरूले मूल्यवृद्धिको विरुद्धमा प्रदर्शन गरेका हुन् ।सरकारले मूल्यवृद्धि फिर्ता नगरेसम्म आन्दोलन नरोकिने अनेरास्ववियु लुम्बिनी इञ्जिनियरिङ्ग कलेजले जनाएको छ । 


त्यसो त बुटवल बहुमुखी क्याम्पस अगाडि पनि सडकमा जम्मा भएका अनेरास्ववियुका कार्यकर्ताले यातायात बन्द गर्नुका साथै टायर बालेर नाराबाजी गरेका छन् । यता अनेरास्ववियु केन्द्रीय कमिटीले पनि देशभर मूल्यवृद्धिको विरुद्धमा आन्दोलन शुरू गर्ने तयारी गरेको छ । निगमले पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ वृद्धि गरेको छ । पेट्रोलको मूल्य अब प्रतिलिटर १ सय ९९ पुगेको छ । यसअघि पेट्रोलको मूल्य प्रतिलिटर १७८ रुपैयाँ थियो । डिजेलमा पनि एकैपटक २७ रुपैया वृद्धि भएको छ । डिजेलको मूल्य अब प्रतिलिटर १९२ रुपैयाँ पुगेको छ ।सत्तारुढ पाँच दलीय बैठकमा निर्णय गरेपछि निगमले मुल्य बढाएको हो ।



कमेन्ट गर्नुहोस्