लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

आगामी आर्थिक वर्षका लागि कृषिलाई उच्च प्राथमिकता ''घोराही उपमहानगरपालिका''

IMG

तिलोत्तमा सिटी न्युज, असार ६ गते २०७९ । घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि कृषिलाई उच्च प्राथमिकता राख्दै नीति तथा कार्यक्रम आज साेमबार सार्वजनिक गरेको छ । उपमहानगरले आगामी आर्थिक वर्ष २०७९—०८० का लागिपालिकाको समग्र विकास निर्माण, सुशासन र सामाजिक विकासलाई केन्द्रित गर्दै नीति तथा कार्यक्रम ल्याएको हो ।दोस्रो नगरसभाको पहिलो अधिवेशनमा प्रमुख नरुलाल चौधरीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषकलाई दिईदै आएको ६० प्रतिशत अनुदानलाई बृद्धि गरेर ८० प्रतिशत दिने व्यवस्था गरेको बताए ।



किसानलाई नियमित प्राविधिक सेवा एवं व्यवस्थापकीय टेवा पु¥याउन उनीहरुलाई परिचयपत्र लागुरिने उहाँले उल्लेख गर्नुभयो । व्यवस्थित तरकारी बजार एवं विक्रि कक्षको व्यवस्था मिलाईने र कृषि योग्य भुमिको नियमित माटो परिक्षण गरिनेछ ।. फलफुल समुहलाई ५० प्रतिशत अनुदानमा विरुमा वितरण गरिने उनले बताए । कृतिम गर्भाधान र प्राकृतिक गर्भाधान माध्यमबाट पशुहरुको नश्ल सुधारगरि पशुुहरुको उत्पादन र उत्पादकत्वमा बृद्धि गरिने भएको छ ।नगर प्रमुख चौधरीले स्तरीय सडक, भवन, आवास क्षेत्र, औद्योगिक क्षेत्र, खेलकुद मैदान, ग्रामिण सडकहरुलाई जुनसुकै समयमा पनि संचालन योग्य बनाउन पुल, झोलङु्गे पुल तथा कल्भर्ट निमार्णलाई प्राथमिकता दिईएको जानकारी गराए । बढ्दो शहरीकरणलाई मध्यनजर गरी शहरी चक्रपथ र सबै वडालाई छुने गरी बृहत चक्रपथको योजना बनाएर कार्यान्वयन गर्ने नीति तथा कार्यक्रममा समेटिएको छ ।नगरको मुख्य बजार क्षेत्रमा बढ्दै गईरहेको ध्वनी, वायु प्रदुषण कम गर्न, सडक दुर्घटना न्युनिकरण तथा यात्रु आवागमनलाई व्यवस्थित गर्न ठुला साधनको लागि बैकल्पिक मार्गको सम्भाव्यता अध्ययन गरि कार्य अगाडि बढाईने पनि उल्लेख छ ।

‘घोराही नगर हरित’ भन्ने नाराका साथ अबको पाँच बर्षमा घोराहीलाई हरियाली, शुन्दर र सफा नगर बनाउने नीति तथा कार्यक्रममा उल्लेख छ ।यस्तै सामुदायीक विद्यालयहरुलाई न्युनतम पुर्वाधारयुक्त बनाउने, सामुदायीक विद्यालयबाट १० र १२ कक्षाको परिक्षामा उच्च अंक प्राप्तगरि उच्च शिक्षामा एमविविएस अध्ययन गर्ने मध्य एक छात्र र छात्रालाई जनही पाँच लाख र बिई अध्ययन गर्ने एक छात्र र छात्रालाई जनही तीन लाखका दरले प्रोत्साहन स्वरुप नगद उपलब्ध गराउने कार्यक्रमलाई निरन्तरता दिईने समेत नगर प्रमुख चौधरीले उल्लेख गरे ।जस अनुसार आज घोराही उपमहानगरले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार निर्माणसँगै सामाजिक विकासलाई बिशेष महत्व दिँदै नीति तथा कार्यक्रम प्रस्तुत गरेको घोराही उपमहानगरपालिकाले जनाएको छ । आज प्रस्तुत गरिएको नीति तथा कार्यक्रम नगर सभाबाट पारित भएपछि आगामी १० गते आगामी आर्थिक वर्षका लागि बजेट ल्याउने छ । जिल्लाका अन्य पालिकाले पनि चाँडै नै नीति तथा कार्यक्रम ल्याउने तयारी गरेका छन् ।

कमेन्ट गर्नुहोस्