लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बेपत्ता छोराको खोजीमा ‘पानीफोटो’

IMG

तिलोत्तमा सिटी न्युज, असार २ गते २०७९। खगेन्द्र लामिछाने निर्देशित फिल्म ‘पानीफोटो’को आधिकारिक टिजर रिलिज भएको छ । हाइलाइट्स नेपालको युट्युब च्यानलमार्फत बिहीबार टिजर सार्वजनिक गरिएको हो ।टिजर रिलिजअघि आयोजित भर्चुअल पत्रकार सम्मेलनमा निर्देशक लामिछानेले फिल्म प्रदर्शनपछि ‘पानीफोटो’ निर्देशनको यात्रालाई समेटेर पुस्तक समेत सार्वजनिक गर्ने बताए ।


१ मिनेट ३० सेकेन्ड लामो टिजरमा फिल्मका मुख्य कलाकार खगेन्द्रसहित अनुप बराल, मेनुका प्रधान, मलिका महत अटाएका छन् । टिजर मर्मस्पर्शी लाग्छ ।टिजरमा समावेश मेनुका प्रधानको संवादले समग्र फिल्मको सिनोप्सिसलाई प्रस्तुत गर्छ । मेनुका भन्छिन्, ‘लोग्नेमान्छे र स्वास्नीमान्छेसँगै भएपछि दःख हुने रहेछ । हाम्रो बिहे नभए छोरा जन्मने थिएन । छोरा नजन्मिया भए यसरी खोज्दै हिंड्नुपर्ने थिएन ।’


फिल्मले दशक लामो सशस्त्र द्वन्द्वमा बेपत्ता छोरा खोज्ने यात्रामा निस्किएका दम्पतीको कथा पेश गर्छ । खगेन्द्रकै पटकथा रहेको यो फिल्ममा यसअघि नाटक पनि मञ्चन भएको छ ।मञ्जुश्री फिल्म प्रोडक्सनको प्रस्तुति रहेको फिल्मलाई दीपक बज्राचार्यले खिचेका हुन् भने निमेष श्रेष्ठले सम्पादन गरेका हुन् ।भर्चुअल पत्रकार सम्मेलनमा खगेन्द्रले नाटक हेरेकालाई पनि फिल्म मनपर्ने बताए । फिल्मको ट्रेलर असार २८ गते रिलिज हुने जनाइएको छ भने फिल्म साउन १३ गतेदेखि प्रदर्शनमा आउनेछ । 



कमेन्ट गर्नुहोस्