लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लिग टू क्रिकेट: अमेरिकासँग नेपालकाे नाटकीय बराबरी

IMG

तिलोत्तमा सिटी न्युज, जेष्ठ २८ गते २०७९ । आइसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजमा नेपालले अन्तिम दुई बलमा दुई विकेट लिएपछि अमेरिकासँगकाे खेल नाटकीय रुपमा बराबरीमा सकिएकाे छ । दुवैले समान २७४ रन बनाएपछि खेल टाई भयाे र १-१ अंक जाेडे । ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाएर २७४ रन बनाएको थियो । जवाफमा स्टेभेन टेलरले शतक प्रहार गरेपनि अमेरिकाले ५० ओभरमा ६ विकेट गुमाएर २७४ रन नै बनायो । अन्तिम ओभरमा अमेरिकालाई जितका लागि ६ रन चाहिएकाे थियाे । नेपालमा आदिल अन्सारीले बलिङ गरेकाे उक्त ओभरमा सबैखाले ड्रामा देखियाे । सुरुवाती तीन बलमा अमेरिकाले १-१ रन जाेड्याे । चाैथाे बल नाे बल भएपछि अमेरिकाले नाे बलमा एक रन जाेड्दै स्काेर बराबरी गर्दै जित नजिक पुगेकाे थियाे । तर, अन्तिम दुई बलमा नेपाल विकेट लियाे । पाँचाै बलमा आदिलले आराेन जाेन्सलाई राेहित पाैडेलबाट क्याचआउट गराए । त्यस्तै अन्तिम बलमा आदिल र दीपेन्द्र सिंह ऐरीले राहुल जरिवालाई रनआउट गर्दै खेल बराबरी गरे ।


कमेन्ट गर्नुहोस्