लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

दाङमा प्रहरी हुँ भन्दै पैसा असुलेको आरोपमा युवक पक्राउ

IMG

तिलोत्तमा सिटी न्युज, जेष्ठ २८ गते २०७९।  दाङमा प्रहरीको सई हुँ भन्दै पैसा असुली गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका- १३ का २५ वर्षीय अर्जुन थापा मगर रहेका छन् । थापाले घोराही उपमहानगरपालिका- १४ मा विभिन्न पसलमा आफू प्रहरीको सई भएको भन्दै धम्काएर पैसा असुल्ने (माग्ने) गरेका प्रहरीले जनाएको छ । बिहीबार राति सई हुँ भन्दै बजारमा पैसा माग्दै हिँडेको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख (एसपी) सुरेशप्रसाद काफ्लेले बताए । उनीमाथि थप कानुन प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए ।


कमेन्ट गर्नुहोस्