लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

भलवारी ब्याड्मिन्टन क्लबद्वारा जनप्रतिनिधिलाई बधाई तथा शुभकामना

tillotmacitynews - 2022 Jun 08 11:56 PM
IMG

तिलोत्तमा सिटी न्युज, जेष्ठ २५ गते २०७९ ।  भलवारी ब्याड्मिन्टन क्लबले तिलोत्तमा वडा नम्बर ७ का नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा शुभकामना प्रदान गरेको छ । क्लबका अध्यक्ष के.एन. सागर ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा तिलोत्तमा–७ का जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना दिइएको थियो ।क्लबको निर्माणाधिन ग्राउण्डमा कार्यक्रम सम्पन्न भएको क्लबका सचिव दिपेन्द्र रानाले जानकारी दिए । वडाअध्यक्ष देवी प्रसाद पंगेनीले निर्माणाधिन ब्याड्मिन्टन कर्बडहल ५ वर्ष भित्रसम्म सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले खेलकुदको विकासका लागि वडास्तरबाट गर्न सकिने सहयोगलाई आफूले निरन्तरता दिने बताए ।

कमेन्ट गर्नुहोस्