लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

अञ्जलीले बुटवल आएर तिजको गीतमा ठुम्का लगाईन

IMG

तिलोत्तमा सिटी न्युज, जेष्ठ २५ गते २०७९ । कलाकारहरु तीज गीतको तयारीमा जुटिसकेका छन् । तीज आउँन झण्डै तीन महिना बाँकी रहँदा कलाकारहरुले अहिल्यैदेखि तयारी शुरू गरेका हुन् ।यस वर्षका लागि थुप्रै तीज गीत रेकर्ड भइसकेका छन् भने भिडियो छायाँकनको काम पनि शुरू भएको छ ।यस्तैमा, लोकदोहोरीकी लोकप्रिय मोडल अञ्जली अधिकारीले तीज गीतमा बुटवलमा आएर ठुम्का लगाएकी छिन।  उनले आइतवार बुटवल पुगेर चां छम नाच्ने तीज गीतमा अभिनय गरेकी छिन् । अञ्जली अन्य म्युजिक भिडियो र आइटम डान्समा मात्र नभएर तीज गीतका लागि पनि सर्वाधिक खोजिने मोडलमा पर्छिन् । 


उनले हरेक वर्ष दर्जनौं तीज गीतमा अभिनय गर्दै आएकी छिन् । बुटवलमा उनले मनिष पन्थको निर्देशनमा तीज गीतमा अभिनय गरेकी हुन् । पन्थ लामो समयदेखि बुटवललाई कर्मथलो बनाएर निर्देशनमा सक्रिय निर्देशक हुन् ।फिचर फिल्मसमेत निर्देशन गरिसकेका उनी भिडियो छायाँकन र सम्पादनमा समेत सक्रिय छन् । तेज प्रसाद पाण्डेको शब्द एवं संगीत, सुजाता पाण्डेको स्वर रहेको तीज गीतमा लोकेन्द्र शाहको नृत्य निर्देशन रहेको निर्देशक मनिषले जानकारी दिए । 



कमेन्ट गर्नुहोस्