लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

‘बालेनको साथमा छौं’ : सार्वजनिक प्रयोगका लागि खुल्न थाले होटल-रेस्टुरेन्टका शौचालय

IMG

तिलोत्तमा सिटी न्युज, जेष्ठ २३  गते २०७९ । राजधानी काठमाडौँ मात्र होइन देशैभरि दिसा-पिसाब गर्नका लागि शौचालयको अभाव छ । एकाध ठाउँमा शौचालय त छ, तर भद्रगोल अवस्थामा । न सरसफाइ छ, न सुरक्षा नै, सफा पानी छैन । ढोकाको चुकुल छैन । सर्वत्र दिसा-पिसाबको दुर्गन्ध फैलिएको छ । त्यसैले किनमेल वा काम विशेषले सहर परिक्रमा गर्नेहरुलाई दिसा-पिसाबको तनाव हुन्छ ।  सर्वसाधारणको यही आधारभूत समस्यालाई बुझेर महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले होटल-रेस्टुरेन्ट, बैंक, व्यापारिक भवन लगायतमा भएको शौचालय सार्वजनिक प्रयोगका लागि खुला राख्न आह्वान गरे ।


सुरुवातमा यसका सकारात्मक प्रभाव देखिन थालिएको छ । कतिपय होटल-रेस्टुरेन्टले आफ्ना शौचालय सार्वजनिक प्रयोगका लागि खुला गरेको सूचना जारी गरेको छ, त्यो पनि हार्दिकतापूर्वक । राजधानी काठमाडौँ  मात्र होइन मोफसलका बुटवल भैरहवा लगायतका ठाउहरुमा पनि ‘बालेनको साथमा छौं’ : सार्वजनिक प्रयोगका लागि शौचालय खुल्ला छ भन्दै सूचना बोर्डमा ‘बालेनको समर्थन’मा भनी लेखिएको छ । यसको सकारात्मक तरंग काठमाडौंबाहिर पनि फैलिएको छ । सार्वजनिक शौचालयको समस्या व्याप्त रहेको महानगरमा यसले सर्वसाधारणलाई केही राहत दिएको छ । घरबाहिर निस्किंदा जहिल्यै शौचको चिन्ता गरेर निस्किनुपर्ने महानगरका सर्वसाधारणले केही होटल तथा रेस्टुरेन्टका शौचालय निःशुल्क प्रयोग गर्न पाउने भएका छन् ।


बालेनको निर्णयको प्रभाव काठमाडौंमा मात्रै नभई काठमाडौं बाहिर पनि परेको छ । बुटवलमा रहेको रोयल फुड कोर्टले शुक्रबारदेखि होटलमा रहेको तीन शौचालय सार्वजनिक प्रयोजनका लागि खुला राखेका छन् यसअघि भने शौचालय प्रयोग गर्न सर्वसाधारणलाई चिया, खाजाको बहाना बनाएर होटल तथा रेस्टुरेन्ट छिर्नुपर्ने बाध्यताको अन्त्य हुँदैछ । यसैगरी लुम्बिनीको गते नम्बर ५ मा रहेको डोको रेस्टुरेन्टले पनि आफ्नो शौचालय सार्वजनिक प्रयोजनका लागि खुला राखेको छ । 



कमेन्ट गर्नुहोस्