लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

३५ लाख नगद लुटेको आरोपमा प्रहरी नै पक्राउ

IMG

तिलोत्तमा सिटी न्युज, जेष्ठ २३  गते २०७९ । लैनचौरमा प्रहरीले नै मिलेर व्यवसायीको ३५ लाख रुपैयाँ लुटपाट गरेको भेटिएको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरी वृत्त मालिगाउँका हवल्दार सालिकराम नेपाली पक्राउ परेका छन्, थप दुईजना प्रहरी अधिकारी फरार छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार लुटपाटमा संलग्नता देखिएपछि नेपाली र नुवाकोटका पेम्बा तामाङ पक्राउ परेका छन् । उनीहरुलाई प्रहरी वृत्त, सोह्रखुट्टेको हिरासतमा राखिएको छ । गत ८ जेठमा सस्तोमा एक किलो सुन विक्री गर्ने भन्दै एक समूहले ती व्यवसायीलाई बोलाएको थियो । तर पैसा लिएर गएका उनी अज्ञात समूहबाट लुटपाटमा परेका थिए । अनुसन्धानका क्रममा लुटपाट गर्ने समूहमा प्रहरीको समेत संलग्नता भेटिएको थियो । पक्राउ परेका दुवै जनाविरुद्ध मुलुकी अपराध (संहिता) को डाँका चोरी सम्बन्धी कसूरमा अदालतबाट ५ दिन म्याद लिएर अनुसन्धान भइरहेको एसपी मैनालीले बताए ।


कमेन्ट गर्नुहोस्