लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

टिम टेनिस नेपाल जेटिआई जुनियर टेनिस प्रतियोगिता २०२२:निश्चलले चुमे २ स्वर्ण

IMG

तिलोत्तमा सिटी न्युज, जेष्ठ १६ गते २०७९।  काठमाण्डौमा सम्पन्न टिम टेनिस नेपाल जेटिआई जुनियर टेनिस प्रतियोगिता २०२२ को यु ९ र यु १० उमेर समुहमा बुटवलका निश्चल ज्ञवालीले स्वर्ण जितेका छन । टिम टेनिस नेपालका आयोजनामा काठमाण्डौमा जेठ १३ गतेबाट शुरु भएको प्रतियोगिताको फाईनल खेलमा बुटवल न्यु होराईजन इ बोर्डिङ स्कुलमा अध्ययरत निश्चलले यु–९ समुहमा काठमाण्डौका विशेषविश्व दर्लाकोटीलाई ५–४, ३–५, ११–९ को सेटमा पराजित गरेका हुन । यसैगरि उनले यु –१० उमेर समुहमा काठमाण्डौका साङखा राईलाई १–६, ७–५, ८–७ को सेटमा पराजित गर्दै दोस्रो स्वर्ण हात पारे । 


प्रतियोगिता अन्तरगत यु –१२ उमेर समुहमा बुटवलका वृजेश अर्यालले काठमाण्डौका असब हाडालाई ६–०, ६–० को सोझो सेटमा पराजित गर्दै स्वर्ण हात पारेका छन। यसैगरि बुटवलका निर्जल टण्डल यु – ८ समुहमा दोस्रो तथा यु –९ मा संघर्ण फौज्दार र यु–१० सन्दिप जिसी तेस्रो भए । रुपन्देही लन टेनिस संघका सचिव गोपाल ज्ञवालीले काठमाण्डौ बाहिर बुटवलमा उमेर समुहका राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने लक्ष्यअनुसार प्रशिक्षण दिएको बताए । बुटवलका प्रशिक्षक विकास खड्काले लामोसमयको मेहनतका कारण खेलाडीहरु स्वर्ण पदक जित्न सफल भएको बताए ।


नेपाल टेनिस संघको प्राविधिक सहयोगमा जेठ १३ देखि पाचदिनसम्म धापाखेल लनटेनिस कोर्टमा भएको खेलमा देशभरका एकसय ३५ बढी खेलाडीहरु सहभागी थिए। उनिहरुले यु –८, यु –९, यु– १०, यु–१२, यु–१४ र यु– १६ तर्फ सिगल र खुल्लातर्फ पुरुष÷महिला डबल गरि आठ विद्यामा प्रतिस्पर्धा गरेका थिए ।

कमेन्ट गर्नुहोस्