लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

निशा अधिकारीको ‘आँखा’को घोषणा

tillotmacitynews - 2022 May 30 10:52 PM
IMG

तिलोत्तमा सिटी न्युज, जेष्ठ १६ गते २०७९। सामाजिक कथामा बन्न लागेको फिल्म ‘आँखा’को औपचारिक घोषणा भएको छ । निशा अधिकारीको मुख्य भूमिका रहने फिल्मलाई जोन योञ्जनले निर्देशन गर्दैछन् ।सोमबार आयोजित पत्रकार सम्मेलनमा कास्ट र क्रिउबारे जानकारी दिइएको हो । योञ्जनकै पटकथा रहने फिल्ममा  निशाका साथै आरके मेहता, अस्मिता लामिछाने, सरोज खनाल, बुद्धि तामाङ, विजय बराल लगायतको अभिनय रहने जनाइएको छ ।


साथै पशुपति राई, कृष्णभक्त महर्जन, राजन अतिवडा, प्रविण खतिवडा, लुनिभा तुलाधर, रविन्द्र झा, रेनुका कार्की, अभय बराल, सरोज लामिछाने, मोहन अभिलाषीले पनि फिल्मा अभिनय गर्नेछन् ।निर्देशक योञ्जनले ‘आँखा’ले व्यक्तिदेखि समाजसम्मकै वास्तविकता बताउँदै नेपाली समाजको एउटा पाटोलाई यसले चित्रण गर्ने बताए । नेपाली फिल्ममा हराउँदै गएको भनिएको पर्फमिङ आर्टलाई यो फिल्मले फर्काउने उनको विश्वास छ ।


अभिनेत्री अधिकारीले पछिल्लो वर्ष आफूले नयाँ भिजन र क्रियसन भएका मेकरसँग काम गर्न पाएको भन्दै ‘आँखा’ पनि त्यसैको निरन्तरता रहेको बताइन् । पहिलो भेटमै स्क्रिप्ट चित्त बुझेपछि फिल्म गर्न तयार भएको निशाले बताइन् ।आकोश शुक्लाले छायांकन गर्ने फिल्ममा संगीत दीपक आरजेको रहनेछ भने द्वन्द्व निर्देशन रेवन्तविक्रम थापाले गर्नेछन् । वर्ष २०८० मा प्रदर्शन लक्ष्य राखिएको फिल्मलाई आरआर फिल्म्सले वितरणको जिम्मा लिएको छ। 

कमेन्ट गर्नुहोस्