
तिलोत्तमा सिटी न्युज, जेष्ठ ५ गते २०७९। रुपन्देहीको तिलोत्तमामा २ दिन देखि रोकिएको मतगणना गएरातीदेखि पुनः सुचारू भएको छ । मँगलबार विहान ३ बजेदेखि रोकिएको मत गणना बुधबार सर्वदलीय बैठक बसेर पुनः सुचारू गर्नै लाग्दा फेरी विवाद उत्पन्न भएको थियो । नेपाली काँग्रेस र नेकपा एमालेका नेता कार्यकर्ता बीचको आरोप प्रत्यारोपले पुन: स्थगित हुन भएको गणना सहमतिपछि सुचारु भएको हो । राति ९ बजे सुचारु हुने भनि सहमति भएको मतगणना प्रतिनिधिको किचलोले पुन : ठप्प भएको थियो। नेपालि कांग्रेसले बिद्यालयका प्रधानाध्यापकलाई पार्टीको प्रतिनिधि बनाएर मतगणना शुरु भएपश्चात नियमित राखेको आरोप लगाउदै एमालेका वादासदस्यका उम्मेदवार समेत रहेका मनिष अधिकारीले आक्रोस ब्यक्त गरेका थिए। मापसे सेवन गरि आएको भन्दै उनलाई प्रहरीले नियन्त्रणमा राखेको थियो। शान्ती नमुना मावि मणिग्रामका प्रधानाध्यापक समेत रहेका कुल प्रसाद लामिछानेलाई प्रतिनिधिको रुपमा मतगणा स्थालमा निषेध गर्नुपर्ने माग राख्दै नेकपा एमालेले बिरोध गरेको हो। तत्पश्चात मतगणना राती १ घण्टा पछि पुन: बन्द भएको थियो । समस्या र समाधानको सहमतिसंगै मतगणना बिहान फेरी सुचारु भएको छ।
तिलोत्तमाको पछिल्लो मत गणना तथ्याङ्क अनुसार गठबन्धन दलका रामकृष्ण खाँणले अग्रता लिएका छन् । विहान ४:५० बजेसम्मको तथ्याङ्क अनुसार रुख चिन्हमा खाँणले ३ हजार ८२८ मत प्राप्त गर्दा निकटतम प्रत्यासी नेकपा एमालेका मोहन चापाईंले सूर्य चिन्हमा ३ हजार ६२१ मत प्राप्त गरेका छन् ।कुल ९ हजार ९४२ मत गणना गरेर सक्दा उप मेयर पदमा भने गठबन्धनलाई पछि पार्दै एमालेकी जागेश्वरीदेवि चौधरीले अग्रता कायम राखेकी छन् । गठबन्धनभन्दा दोब्बर मत बनाएकी उनको ३ हजार ४४८ हुँदा गठबन्धनको गोलाकार भित्र हँसिया हथौडा चिन्हमा १ हजार ७२२ मत प्राप्त भएको छ ।
कमेन्ट गर्नुहोस्