लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

भारतीय वायुसेनाको विमान भैरहवा विमानस्थलमा

IMG

तिलोत्तमा सिटी, बैशाख २८ गते २०७९ । भारतीय वायुसेनाको विमान भारतीय सुरक्षाकर्मी  लिएर गाैतम बुद्ध अद्दतराष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । दिल्लीबाट सोझै भैरहवा आएको यो बिमान बिहान बजे गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । जेठ दुई गते बुद्धजयन्तीका दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्ने लुम्बिनी भ्रमणको सुरक्षा ब्यवस्था मिलाउन भारतीय सुरक्षाकर्मी एसपिजी (स्पेशल प्रोटेक्सन गार्ड) लिएर भारतीय वायुसेनाको बिमान भैरहवामा अवतरण गरेको हो । भारतीय प्रधानमन्त्री मोदीको  भ्रमणपूर्व सुरक्षा ब्यवस्था मिलाउन भारतीय सुरक्षाकर्मी लुम्बिनी आईपुगेका हुन । आगामी २ जेठमा (बुद्ध जयन्ती)मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनी भ्रमण गर्न लागेकाले उनकै सुरक्षामा आवश्यक सामग्री लिएर आज विमान आएकाे हाे । विमानमा करिब चार दर्जन स्पेशल प्रोटेक्सन गार्ड (एसपीजी)का अधिकारी, चार वटा बुलेट प्रुफ गाडी, सुरक्षाका सामाग्री दिल्लीबाट सिँधै भैरहवा आएको हो । यो नै पहिलो अवतरण र उडान गर्ने अन्तराष्ट्रिय विमान भएकाे विमानस्थलका महाप्रबन्धक गोविन्द दाहालले जानकारी दिए । 

कमेन्ट गर्नुहोस्