लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेपाल र जिम्बावे‘ए’ बीचको पहिलो एकदिवसीय खेल आज

IMG

तिलोत्तमा सिटी, बैशाख २३ गते २०७९ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले एकदिवसीय क्रिकेट सिरिजअन्तर्गत पहिलो खेलमा आज शुक्रबार जिम्बावे ‘ए’ विरुद्ध प्रतिस्पर्धा गर्दैछ । खेल त्रिवि क्रिकेट मैदानमा बिहान १० बजेपछि  मा सुरु हुनेछ । नेपाल जिम्बावेविरुद्ध जित निकाल्दै एकदिवसीय सिरिजमा सुखद सुरुआत गर्न चाहन्छ । तर, बलियो टोली जिम्बावे ‘ए’ विरुद्ध जित निकाल्न नेपाललाई सहज भने छैन । टेष्ट राष्ट्र जिम्बावेको अधिकांश खेलाडी नेपाल आएका छन् । बलिङ र ब्याटिङमा उच्च प्रदर्शन गर्नसक्ने जिम्बावे पनि सिरिजमा १–० को अग्रता लिन चाहन्छ । यस अघि भएको तीन खेलको टी-ट्वान्टी सिरिज १-१ को बराबरीमा सकिएको थियो। एक खेल वर्षाको कारण रद्द भएको थियो । आज पनि बिहानैबाट वर्षा भैरहेकोले खेल हुने/नहुनेमा निश्चित छैन । 



कमेन्ट गर्नुहोस्