
तिलोत्तमा सिटी, बैशाख २१ गते २०७९ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा बम राखिएको फोन आएपछि उडान प्रभावित भएका छन् । अहिले नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीसहितको टोलीले सर्च अपरेसन जारी राखेको छ । अन्तर्राष्ट्रिय उडानहरु जारी रहे पनि आन्तरिक उडान बन्द छ । विमानस्थलका एक अधिकारीले भने, ‘अज्ञात व्यक्तिले आज बिहान टेलिफोन गरी डोमेस्टिक टर्मिनलमा ५/६ वटा बम रहेको भनेपछि यात्रुहरु सबैलाई बाहिर निकालेर सर्च अपरेसन जारी राखेका छौं । हाम्रो सिस्टममै कहिंबाट त्यस्तो खालको कल आयो भने पूरै सर्च गर्नुपर्छ ।’ त्यसैले अहिले सबै यात्रुहरूलाई बाहिर निकालेर तालिमप्राप्त कुकुरसहितका सुरक्षाकर्मीहरुले विमानस्थलमा सर्च गरिरहेको उनले बताए । नेपाली सेनाको बम डिस्पोजल टोली पनि विमानस्थलमा पुगेको छ ।
विस्तृत विवरण आउन बाँकी छ ।
कमेन्ट गर्नुहोस्