लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

शंकास्पद वस्तु नभेटिएपछि त्रिभुवन विमानस्थलमा उडान सुरु

IMG

तिलोत्तमा सिटी, बैशाख २१ गते २०७९ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान–अवतरण सुरु भएको छ । बम रहेको हल्लाले बुधबार बिहान झण्डै एक घण्टासम्म विमानस्थलको आन्तरिक उडान–अवतरण बन्द भएको थियो । बुधबार बिहान अज्ञात व्यक्तिले बम रहेको भन्दै टेलिफोन आएपछि अधिकारीहरुले विमानस्थल बन्द गरेर सर्च अपरेसन चलाएका थिए । तर शंकास्पद वस्तु नभेटिएपछि विमानस्थलको आन्तरिक उडान-अवतरण सुरु भएको प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए । सर्च अपरेसनको क्रममा कुनै पनि शंकास्पद वस्तु नभेटिएकोले आन्तरिक उडान-अवतरण सुरु भइसकेको उनले बताए ।  सर्च अपरेसनको क्रममा यात्रुहरुलाई आन्तरिक टर्मिनलबाट बाहिर निकालिएको थियो ।










कमेन्ट गर्नुहोस्