लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तामाले गर्यो खेलाडीहरुलाई बिजयीको शुभकामना सहित बिदाई

IMG

तिलोत्तमा सिटी, बैशाख ८ गते २०७९। भारतको कलकत्तामा यहि बैशाख १० र ११ गते हुने अन्तरास्ट्रिय प्रतियोगिताका लागि प्रस्थान गर्न लाग्नुभएका जापान गोजु रियो करांते डो मिसन संघका पदाधिकारी तथा १७ जना करांते खेलाडीहरुलाई आज तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बासुदेव घिमिरे तथा नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले फूलमाला अबिर तथा नेपालको झण्डा दिएर बिदाई गर्नुभएको छ।  


कार्यक्रमममा शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख गंगाराम आचार्य , प्रसासन शाखा अधिकृत माधव प्रसाद पोख्रेल, अधिकृत गणेश पौडेल, अधिकृत कृष्ण प्रसाद पाण्डे, जापान गोजु रियो करांते डो मिसन संघका केन्द्रिय अध्यक्ष काजी राना, सचिव गिरि पुन सहित १७ जना करांते खेलाडीहरुको उपस्थिति रहेको थियो। खेलाडीहरु आजै त्यसतर्फ प्रस्थान गरि १४ गते फर्किने कार्यक्रम रहेको छ।



कमेन्ट गर्नुहोस्