
तिलोत्तमा सिटी, बैशाख ८ गते । ललितपुरकाे सगरमाथा अक्सिजन प्लान्ट विस्फोट भएको छ । त्यहाँ कार्यरत केही श्रमिक घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि पाटन अस्पताल लगिएको छ । घाइतेको संख्या एकिन भइनसकेको ललितपुरका प्रहरी प्रवक्ता एसपी सिद्धिविक्रम शाहले बताए। अहिले घाइतेको उद्धारका लागि प्रहरी घटना स्थल पुगेको छ ।
कमेन्ट गर्नुहोस्