लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

वेस्ट इन्डिजका अलराउन्डर पोलार्डले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

IMG

तिलोत्तमा सिटी, बैशाख ८ गते ।  वेस्ट इन्डिजका अलराउन्डर किरोन पोलार्डले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । एकदिवसीय र टी२० क्रिकेटमा टोलीको कप्तान रहेका पोलार्डले बुधबार सामाजिक सञ्जालमार्फत् सन्यासको घोषणा गरेका हुन् । ३४ वर्षीय पोलार्ड हाल इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सबाट खेल्दै छन् । पोलार्डले इन्स्टाग्राममा एक भिडियोमा भनेका छन्, ‘विचारविमर्शपछि मैले आज अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने निर्णय गरेको छु। १० वर्षको बालक हुँदादेखि वेस्ट इन्डिज टोलीको प्रतिनिधित्व गर्ने मेरो सपना थियो। वेस्ट इन्डिजको प्रतिनिधित्व गर्न पाउँदा गर्व महसुस गर्छु।’

कमेन्ट गर्नुहोस्