
तिलोत्तमा सिटी, बैशाख ८ गते । ललितपुरको पाटन औद्योगिक क्षेत्रस्थित अक्सिजन प्लान्टमा भएको विस्फोटमा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ । महानगरीय प्रहरी परिसर, जावलाखेलका प्रवक्ता सिद्धिविक्रम शाहका अनुसार पाटन अस्पतालमा उपचारका क्रममा दिउँसो १ः४५ बजे अर्का घाइतेको पनि मृत्यु भएको हो । बिहीबार बिहान १० बजे सगरमाथा अक्सिजन प्लान्टमा अक्सिजन भर्ने क्रममा अचानक विष्फोट भएको थियो ।
घटनामा भारत, पश्चिम चम्पारमका ४५ वर्षीया बृज महतोको घटनास्थलमै मृत्यु भएको थियो । थप चार जना घाइते थिए । घाइतेमध्ये मृत्यु हुनेमा भारत घर भइ हाल ललितपुर–१८ बस्दै आएका २५ वर्षीय राजुकमार महतोको पनि मृत्यु भएको हो । उनलाई पाटन अस्पतालले मृत घोषित गरेको शाहले बताए । उनका अनुसार अस्पतालले अन्य घाइतेहरुलाई डिस्चार्ज गरिसकेको छ । घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
कमेन्ट गर्नुहोस्