
तिलोत्तमा सिटी, बैशाख ७ गते । अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्मा अहिले फिल्ममा मात्रै नभई म्युजिक भिडियोमा पनि सहकार्य गरिरहेका छन् । यी दुई अभिनित फिल्म ‘सम्झना बिर्सना’ जेठ ६ गते प्रदर्शनको तयारीमा छ । यस्तोमा यो जोडी फिल्मसँगै म्युजिक भिडियोमा पनि सक्रिय छ । आकाश र पूजा अभिनित नयाँ म्युजिक भिडियो ‘स्वर्गकी अप्सरा’ युट्युबमा रिलिज गरिएको छ ।
कविराज गहतराजद्वारा निर्देशित यो भिडियोमा पूजा र आकाशलाई रोमान्टिक अवतारमा देख्न सकिन्छ । सुगम पोखरेल र अञ्जु पन्तको स्वर रहेको गीतमा दीपक वसन्त कार्कीले संगीत भरेका छन् । दीपक कँडेलको शब्द रहेको गीतलाई सुदीप सागरले संगीत संयोजन गरेका छन् । सौरभ लामाको छायांकन रहेको भिडियोलाई अर्जुन जीसीले सम्पादन गरेका छन् । निर्देशक गहतराजले म्युजिक भिडियोका लागि तीन महिनाको मेहनत लागेको बताए ।https://youtu.be/1NwocLVy1hQ
कमेन्ट गर्नुहोस्