
तिलोत्तमा सिटी, २०७८ बैशाख ६ गते । सरकारले गरेको निलम्बनको विरुद्धमा सर्वोच्च अदालत गएका गभर्नर महाप्रसाद अधिकारीको रिटमाथि आजबाट सुनुवाई हुँदैछ ।अधिकारीको रिट हिजोमात्रै सर्वोच्च अदालतमा दर्ता भएको थियो । आज उनको रिटमाथि न्यायाधीश हरिप्रसाद फुयाँलको एकल एजलासमा सुनुवाई हुँदैछ ।
अधिकारीको तर्फबाट वरिष्ठ अधिवक्ताहरु राधेश्याम अधिकारी, शम्भु थापा, हरिहर दाहाललगायतले बहस गर्दैछन् । अधिकारीले सरकारले आफूलाई गरेको निलम्बन कानुनविपरीत भएको भन्दै रिट दायर गरेका थिए । उनलाई गत चैत २५ को मन्त्रिपरिषद् बैठकले निलम्बन गरेको थियो । अर्थमन्त्री जनार्दन शर्मा र अधिकारीबीच टसल थियो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले भने गभर्नर अधिकारीले सरकारलाई सहयोग नगरेको कारण हटाउनु परेको स्पष्ट पारेका थिए ।
कमेन्ट गर्नुहोस्