लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

आईपीएलः गुजरात र हैदरावादको जित, चेन्नईको पाँचौं हार

IMG

तिलोत्तमा सिटी ।  बैशाख ५ गते । इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत आइतबार भएका खेलमा गुजरात टाइटन्स र सनराइजर्स हैदरावादले जित हात पारेका छन्। 

गुजरातले चेन्नई सुपर किंग्सलाई ३ विकेटले हराउँदा हैदरावादले पञ्जाब किंग्समाथि ७ विकेटको जित हात पार्‍यो। आइतबार भएको पहिलो खेलमा सुरुमा ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १५१ रन बनाएको थियो।

पञ्जाबका लागि लियाम लिभिङस्टोनले सर्वाधिक ६० रन बनाए। हैदरावादका एमरान मलिकले ४ तथा भुवनेश्वर कुमारले ३ विकेट लिए। जवाफी ब्याटिङमा उत्रिएको हैदरावादले ३ विकेटको क्षतिमा ७ बल बाँकी छँदै लक्ष्य पूरा गर्‍यो।


त्यस्तै अर्को खेलमा सुरुवाती ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १६९ रन बनाउँदै गुजरातलाई १७० रनको लक्ष्य दिएको थियो।

चेन्नईका रुटुराज गाइक्वाडले ७३ र अम्बाती रायडुले ४६ रनको पाली खेले। जवाफी ब्याटिङमा उत्रिएको गुजरातका लागि डेभिड मिलरले अविजित ९४ रनको महत्वपूर्ण पाली खेल्दै जित दिलाए। चेन्नईको लागि जारी आईपीएलमा यो पाँचौं हार हो। ६ खेलबाट उसले केवल २ अंक जोडेको छ। चेन्नई तालिकाको नवौं स्थानमा छ। लिगको शीर्षस्थानमा रहेको गुजरातले समान ६ खेलबाट १० अंक जोडेको छ। 

 



कमेन्ट गर्नुहोस्