
तिलोत्तमा सिटी, २०७८ बैशाख ४ गते । स्याङ्जानको वालिङमा यात्रुबाहक जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । ६ जना गम्भीर घाइते भएका छन । वालिङ नगरपालिकाको डाँडाखर्क भन्ने स्थानमा आज (आइतबार) बिहान साढे १० बजे जीप दुर्घटना भएको हो । जीपमा १३ जना सवार रहेकोमा ६ जनालाई गम्भीर घाइते अवस्थामा उद्धार गरिएको छ ।
स्थानीय बायाँटारीबाट जिल्लाकै पिंडीखोला जाँदै गरेको जीप उकालो बाटोमा दुघर्टना भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
मृतक ७ जनाको शव वालिङ प्राथमिकक स्वास्थ्य केन्द्रमा राखिएको छ ।
कमेन्ट गर्नुहोस्