लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

दोस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता तयारी

IMG

तिलोत्तमा सिटी,चैत्र २५ गते २०७८। बुटवलमा राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा दोस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०७९ हुने भएको हो । शुक्रबार पत्रकार सम्मेलन गरि प्रतियोगिताको तयारी पूरा भएको क्लबका अध्यक्ष गोपाल टण्डनले बताए । नवदिप कवर्ड हलमा बैशाख ७ देखि ४ दिनसम्म संचालन हुने प्रतियोगितामा मेन्स सिगल, मेन्स डबल्स, भेट्रान्स ४५ वर्ष माथि, ५५ वर्षमाथि र महिला सिगल गरि पाच विद्यामा खेलहरु खेलाईने उनले बताए ।


प्रतियोगिताको मेन्स सिगल र मेन्स डबल्सतर्फ प्रथम पुरस्कार ५० हजार रुपैया, द्घितिय ३० हजार र तृतियलाई २० हजार रुपैया, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । यसैगरि भेट्रान्स ४५ वर्ष माथि उमेर समुह र महिला सिगलमा प्रथमलाई ३० हजार रुपैया, द्घितिय २० हजार रुपैया र तृतियलाई १० हजार रुपैया, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । यसैगरि ५५ वर्षमाथि उम्र समुहको प्रथमलाई २० हजार रुपैया, द्घितिय १५ हजार र तृतियलाई १० हजार रुपैया, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । 


कार्यक्रममा प्रतियोगिताका संयोजक शम्भु भट्टराईले २० लाख ६० हजार खर्च अनुमान गरिएको प्रतियोगितामा विभिन्न खेलप्रेमी तथा संघसंस्थाहरुबाट सहयोग मिलेको बताए । प्रतियोगितालाई मुख्य प्रायोजनका रुपमा लुम्बिनी वल्र्ड स्कुल मधवलिया रहेको उनले बताए । क्लबले यसअघि अन्तर विद्यालय २ पटक,  क्षेत्रियस्तरको ४ पटक, लुम्बिनी प्रदेशस्तरीय २ पटक र पहिलो संस्करणको राष्ट्रिय प्रतियोगिता सम्पन्न गरिसकेको अनुभव आफुहरुसंग रहेको उनले बताए । प्रतियोगिता २ सय ८ जना खेलाडी र करीब १० हजार दर्शकहरुले अवलोकन गर्ने उनले बताए । क्लबले खेलकुद गतिविधिसंगै सामाजिक कार्यमा समेत कार्य गर्दै आएको उनले बताए ।


क्लबमा हाल ३४ आजिवन र ५५ जना साधारण सदस्य गरि ८९ जना छन । कार्यक्रममा क्लबका प्रथम उपाध्यक्ष पंकज ज्ञवालीले खेलाडीहरुलाई प्रोत्साहन गर्ने उदेश्यका साथ प्रतियोगिता आयोजना गर्न लागेको बताए । ब्याडमिन्टन खेलमा प्रयोग हुने रयाकेट, फेदर कक र अन्य खेलकुद सामग्रीहरु नै महगो हुदा महगो खेलका रुपमा लिईने उनले बताए । स्वस्थ्य सबैभन्दा ठूलो धन भएको भन्दै थोरै रकमले पनि स्वस्थ्य रहन सकिने उनले दाबी गरे । कार्यक्रममा दिद्घिय उपाध्यक्ष नलराज नेपाल, प्रेस सल्लाहकार यमलाल भुषाल, नेपाल पत्रकार महासंघका उपाध्यक्ष विश्वास ढकालले शुभकामना दिएका थिए ।


कमेन्ट गर्नुहोस्