
तिलोत्तमा सिटी,चैत्र २२ गते २०७८। रुपन्देही ति.न.पा ३ योगिकुटी देखि लोकल माईक्रो बसमा सवार गरी आउने क्रममा पाल्पा हारथोक निवासी लक्ष्मी ज्ञवालीको सुनको वाला -२ थान, तिलहरी-१ थान,टप-१ जोडा र नगद रु १०हजार सहितको खैरो रंगको लेडिज झोला हराएको भनि प्रहरीलाई जानकारी पश्चात खोजतलास गर्ने क्रममा फेला पारी सो महिलाका भतिज जनक भट्टराईको जिम्मा लगाई बुझाईएको ईलाका प्रहरी कार्यालय बुटवलले जानकारी गराएको छ।
कमेन्ट गर्नुहोस्