
तिलोत्तमा सिटी, २०७८ चैत्र १८ गते । दुबईको जेलमा रहेका पत्रकार उमाकान्त पाण्डेको रिहाईको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन भएको छ ।दुबईमा रहेको नेपाली दुताबासलाई लक्षित गरेर सामाजिक सञ्जाल फेसबुकमा लेखेको कारण देखाई दुबईको अदालतले पत्रकार पाण्डेलाई २० हजार दिराम जरिवाना र सम्पत्ति जफतसहित देश निकाला गर्ने सजायँ सुनाएसँगै उनी जेलमा छन् ।जेलमा रहेका पत्रकार पाण्डेको रिहाइको माग गर्दै युथ कांग्रेस नेपालले शुक्रवार माइतिघर मण्डलामा प्रदर्शन गरेको छ । उनलाई जेल पुर्याउनका लागि युएईस्थित नेपाली दुतावास नै लागि परेको आफन्तहरुले आरोप लगाएका छन् ।युथ कांग्रेसले घटनामा संलग्न सबैलाई तत्काल कानूनी दायरामा ल्याउन माग गरेको छ । पत्रकार पाण्डे निर्दोष रहेको भन्दै उनको बिना सर।र्त रिहाई गर्न सरकारले ध्यान दिनुपर्ने प्रदर्शनमा सहभागी पिताम्बर भुसालले बताए ।
कमेन्ट गर्नुहोस्