लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

एमाले अध्यक्ष ओली रुपन्देही आउँदै

IMG

तिलोत्तमा सिटी,चैत्र १२ गते २०७८।नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सोमबार रुपन्देही आउन लागेका छन् । पार्टी अध्यक्ष ओली चैत १४ गते बिहान रुपन्देहीको भैरहवामा पार्टी प्रवेश कार्यक्रम तथा अगुवा कार्यक्रमका लागि आउन लागेका हुन् । ओली सो कार्यक्रम सकेर दिउँसो कपिलवस्तुको तौलिहवामा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा जाने छन् भने साँझ बस्न बुटवलमा आउने एमाले केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज भूमिश्वर ढकालले जानकारी दिए । सोमबार कपिलवस्तुमा पूर्वमन्त्री तथा संघीय सांसद वृजेशकुमार गुप्ता, पूर्वमन्त्री तथा लुम्बिनी प्रदेश सांसद धर्मबहादुर लाल श्रीवास्तवसहित ५ हजारभन्दा धेरैको पार्टी प्रवेश कार्यक्रम रहेको एमाले कपिलवस्तु इन्चार्ज बलाराम अधिकारीले दाबी गरे ।


१५ गते मंगलबार बिहान तिलोत्तमा नगरपालिकास्थित शंकरनगर वनबाटिकाभित्र निर्माण भएको व्यापारिक तथा पर्यटकिय स्थल तिलोत्तमा बहुउदेश्यीय भवन उद्घाटन, होटल ड्रिमल्याण्डमा आयोजना हुने भूपूसैनिक तथा प्रहरी संगठनको केन्द्रीय महाधिवेशनको उद्घाटन कार्यक्रम र दिउँसो लुम्बिनीमा हुने पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नेगरी अध्यक्ष ओली सहभागी हुने कार्यक्रम तय भएको छ ।

कमेन्ट गर्नुहोस्