लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

स्रोत नखुलेको रकमसहित एक जना पक्राउ

IMG

२०७८ चैत १३ ,तिलोत्तमा सिटी  ।  सिराहा प्रहरीले  शनिवार साँझ ११ लाखभन्दा बढी स्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ गरेको छ । सीमावर्ती भारतीय बजारबाट लहानतर्फ ल्याइरहेको सो रकम सशस्त्र प्रहरी बल नं. २ छिन्नमस्ता बाहिनी बर्दिबास महोत्तरी र सशस्त्र प्रहरी वल नं. ७ गण हेडक्वार्टर सिरहाबाट खटिएको सशस्त्र प्रहरीको टोलीले रकम बरामद गरेको हो ।बरामद भएको रकमसँगै भगवानपुर गाउँपालिका –४ मा बस्ने दीलिपकुमार साहलाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नं. ७ गण हेडक्वार्टरका गणपति सशस्त्र प्रहरी उपरीक्षक रमेशकुमार थापाले साहलाई भगवानपुरबाटै पछ्याएर लहानमा पक्राउ गरेको जानकारी दिनुभयो । साहले रकमको स्रोत खुलाउन नसकेकाले उक्त रकम हुण्डी कारोबारसँग सम्बन्धित रहेको सप्रउ थापाले जानकारी दिनुभयो । बरामद भएको रकमसहित पक्राउ परेको साहलाई माडर भन्सार कार्यालयलाई बुझाइएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्