लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

स्वदेश फर्किए चिनियाँ विदेशमन्त्री वाङ

IMG

२०७८ चैत १३ ,तिलोत्तमा सिटी  ।  तिन दिने  नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ यी आइताबर स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका कर्मचारीले विदेशमन्त्री वाङलाई विदाई गरेका छन् ।विदेशमन्त्री वाङ शुक्रबार काठमाण्डु आइपुगेका थिए । विदेशमन्त्री वाङले प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए ।शनिबार दुई देशबीच विभिन्न ९ बुँदे सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । जसअनुसार चीनबाट आर्थिक तथा प्राविधिक सहयोग, प्रसारण लाइनको सम्भाव्यता अध्ययन, चिनियाँ स्वाथ्यकर्मीको टोलीले नेपालमा सेवा प्रवाह गर्नेलगायत विषयमा समझदारी भएको छ । त्यस्तै, खोप हस्तान्तरण, अरनिको राजमार्ग हस्तान्तरण तथा घाँस निर्यातलगायत समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

कमेन्ट गर्नुहोस्