लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

अफगानिस्तानमा स्कूल खोल्नुपर्ने माग गर्दै महिला–बालिकाको प्रदर्शन

IMG

२०७८ चैत १३ , तिलोत्तमा सिटी ।   तालिबान प्रशासनले छात्राहरूका लागि माध्यामिक विद्यालय बन्द गरेपछि दुई दर्जनभन्दा बढी किशोरी र महिलाले शिक्षा मन्त्रालयअगाडि प्रदर्शन गरेका छन् । सरकारले छात्रालाई पनि छात्रसरह पढ्न अनुमति दिने निणर्य फिर्ता गरेपछि क्रुद्ध बनेका किशोरी र महिलाले शिक्षा मन्त्रालयअगाडि प्रदर्शन गरेका हुन् ।  शिक्षा मन्त्रालयले सबै उमेरका केटीहरुलाई विद्यालय जान पाउने मिति तोकेपछि उनीहरु विद्यालय गएका थिए । तर, उनीहरु विद्यालय पुगेको केही घन्टापछि सरकारले आफ्नो निर्णय फिर्ता लिएको जनाएको थियो । तालिबान पुनः सत्तामा आएपछि महिलाका हक अधिकार कटौती हुन सक्ने विषयलाई लिएर अन्तर्राष्ट्रिय समुदाय चिन्तित छ । तालिबान १५ अगस्टदेखि अफगानिस्तानको सत्तामा छ ।  

कमेन्ट गर्नुहोस्