लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा मिडिया क्लबको अध्यक्षमा बिपी गौतम

IMG

तिलोत्तमा सिटी,चैत्र १२ गते २०७८।तिलोत्तमा मिडिया क्लबको अध्यक्षमा पत्रकार बि.पि.गौतम चयन भएका छन् । क्लबको शनिबार तिलोत्तमामा सम्पन्न दोस्रो साधारण सभा तथा प्रथम अधिवेशनले गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।समितिको उपाध्यक्षमा टोपराज शर्मा, सचिवमा डी.आर. बन्जाडे, सहसचिवमा कल्पना तिवारी, कोषाध्यक्षमा बिन्दु भट्टराई चयन भएका छन् ।अधिवेशन क्लबका अध्यक्ष लक्ष्मण पौडेलको अध्यक्षता, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतको प्रमुख आतिथ्यता ,उपाध्यक्ष बिपि गौतमको स्वागत र सचिव टी आर. शर्माको संचालन भएको थियो ।


कार्यक्रममा अकोरावका पूर्वअध्यक्ष मोहन चापागाईं,पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल,पुर्व अध्यक्ष शेरबहादुर केसी, क्लबका सल्लाहकार दिनेश पाण्डे, निर्वाचन मण्डल सदस्य घनश्याम गौतम लगाएतले शुभकामना व्यक्त गरेका थिए ।

कमेन्ट गर्नुहोस्