
२०७८ चैत १० , तिलोत्तमा सिटी । मधेस प्रदेश सरकारले जनयुद्ध तथा मधेस आन्दोलनमा ज्यान गुमाएका सहिद परिवारलाई नगदसहित सम्मान गरेको छ । विहीबार महोत्तरीको खयरमारामा आयोजित एक कार्यक्रमबीच मधेस सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले जनयुद्ध तथा मधेस आन्दोलनका १२ जना सहिद परिवारलाई जनही एक लाख रुपियाँ नगदसहित सम्मानित गर्नुभयो ।
मधेस सरकारका सञ्चारमन्त्री साहले पहिचान र अधिकार प्राप्तीको आन्दोलनमा सहादत् प्राप्त गर्नुभएका परिवारलाई तीन–तीन लाख रुपियाँ आर्थिक सहयोग गर्ने मधेस सरकारको निर्णयअनुसार पहिलो चरणमा एक–एक लाख रुपियाँ प्रदान गरिएको बताउनुभयो ।बाँकी रकम दोस्रो चरणमा प्रदान गरिने उहाँले जानकारी दिनुभयो । मधेस आन्दोलन, जनयुद्ध र अरु अधिकार प्राप्तीको आन्दोलनमा गरी यस प्रदेशमा ५४२ जनाले सहादत प्राप्त गर्नुभएको बताउनुहुँदै सञ्चारमन्त्री साहले क्रमिकरुपमा सबैलाई आर्थिक सहयोग प्रदान गरिने जानकारी दिनुभयो ।
कमेन्ट गर्नुहोस्