लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

चैत १८ मा प्रधानमन्त्री देउवा भारत जाने तयारी

IMG

 २०७८ चैत १० , तिलोत्तमा सिटी । प्रधानमन्त्री  देउवा अर्को हप्ता  भारत भ्रमणमा जाने तयारी छ । उनी चैत १८ मा भारत जाने तयारी छ।‘प्रधानमन्त्री दुई वा तीन दिने भ्रमणका लागि भारत जाँदै हुनुहुन्छ, यसको तयारी भइरहेको छ,’ स्रोतले भन्यो।यसअघि देउवाको भारत भ्रमण रद्द गरिएको थियो। भाइब्रेन्ट गुजरात समिटमा भाग लिन देउवा भारत जाने भने पनि कोरोनाका कारण उक्त कार्यक्रम नै स्थगित भएपछि भ्रमण रद्द गरिएको थियो।प्रधानमन्त्री देउवाको भारत भ्रमणबारे परराष्ट्र मन्त्रालयले अहिलेसम्म जानकारी भने दिएको छैन।


कमेन्ट गर्नुहोस्