
२०७८ चैत १० , तिलोत्तमा सिटी । नेपालगञ्जमा प्लाष्टिकले बेरेको अवस्थामा शव फेला परेको छ । बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेका अनुसार नेपालगञ्ज उपमहानगरपालिका- २०, राँझा विमानस्थल परिसरको पूर्वी कम्पाउण्ड बाहिर सुर्खेत घर भएका बालकृष्ण वलीको शव फेला परेको बताए । ३० वर्षीय वलीको शव प्लाष्टिकले बेरेको अवस्थामा फेला परेको हो । घटनाबारे थप अनुसन्धान भइरहेकै प्रहरीले बताए ।
कमेन्ट गर्नुहोस्