लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मनमोहन स्मृति नकआउट फुटबल प्रतियोगिता २०७८: वडा नं १२ विजयी

IMG

तिलोत्तमा सिटी,चैत्र १० गते २०७८। बुटवलमा जारी १६ अौ मनमोहन स्मृति वडा स्तरिय रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिता २०७८ को मंगलबार भएको खेलमा वडा नं १२ विजयी भएको छ। बुटवल उप महानगर पालिकाको सहयोग तथा राष्ट्रिय युवा संघ नेपाल उपमहानगरपालिकाको आयोजनामा जारी प्रतियोगितामा ट्राईबेकरमा वडा नं ३ लाई ४-३ ले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको हो। 


सिद्धेश्वर खेलमैदानमा भएको खेलमा निर्धारित समयमा गोलरहित बराबर भएपछि खेल ट्राईबेकरमा गएको थियो। खेलमा वडा नं ३ का खेलाडीको प्रहारलाई वडा नं १२ का गोलकिपर नवीन छन्त्यालले बिफल पारिदिएका थिए। उनी खेलमा म्यान अफ दी म्याचबाट पुरस्कृत भए। प्रतियोगिताको उपाधि विजेताले नगद ६० हजार रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमलाई नगद ३० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने अध्यक्ष सुदर्शन खाम्चाले बताए। बुधबार बिहान वडा नं ५ र ६ का बिचमा खेल हुनेछ।


कमेन्ट गर्नुहोस्