लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

आज नेपाल फर्कंदै क्रिकेट टिम

IMG

२०७८ चैत ९ , तिलोत्तमा सिटी ।   आईसीसी क्रिकेट  विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखला खेलेर नेपाली क्रिकेट टिम आज नेपाल  फर्कंदै छ । नेपाल क्रिकेट संघले नेपाली टिम साँझ ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने जानकारी गराएको छ । नेपाली टिमले संयुक्त अरब इमिरेट्स (यूएई)मा चार अन्तर्राष्ट्रिय खेल खेलेर स्वदेश फर्कन लागेको हो । शृंखलामा नेपालले चार खेल खेल्दा दुईमा हार बेहोरेको थियो भने दुईमा जित निकालेको हो । 


नेपालले पहिलो खेलमा पपुवा न्युगिनीलाई दुई विकेट तथा अन्तिम खेलमा सात विकेटले पराजित गरेको थियो । नेपाल घरेलु टोली यूएईसँग भने दुवै खेलमा हार बेहोर्‍याे । पहिलो खेलमा ४८ रनले पराजित नेपाल दोस्रो खेलमा ९९ रनले पराजित भएको थियो । लिग-२ मा नेपालले १२ खेल खेलेको छ । जसमा ६ खेलमा जित निकाल्दै १२ अंक सहित छैटाैं स्थानमा छ । सात टिम सहभागी तालिकामा ओमान २८ खेलबाट ३६ अंकसहित शीर्षस्थानमा छ । 

 

कमेन्ट गर्नुहोस्