
२०७८ चैत ८ ,तिलोत्तमा सिटी । नेपाली अभिनेत्री करिश्मा मानन्धर नेकपा (एमाले) मा प्रवेश गरेकी छन् । मंगलवार काठमाडाैँको कार्की ब्याङ्क्वेटमा आयोजित एक कार्यक्रमका बीच उनी पार्टी प्रवेश गरेकी हुन् । उनलाई एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले खादा लगाएर स्वागत गरेका थिए । सातो साडी लगाएर कार्यक्रममा उपस्थित भएकी करिश्मा पार्टी प्रवेश गर्दा खुसी मुद्रामा देखिएकी थिइन् । तत्कालीन नयाँ शक्ति पार्टीबाट राजनीतिक यात्रा सुरु गरेकी उनले दुई वर्षमै पार्टी परित्याग गरेकी थिइन् । त्यसपछि अध्ययनमा व्यस्त रहेकी उनी केपी शर्मा ओलीको व्यक्तित्वबाट एमालेप्रति आकर्षित भएकी थिइन् । कक्षा १२ को परीक्षा दिइरहेको समयमा उनलाई ओलीले फोन गरेर शुभकामना समेत दिएका थिए ।
पार्टी प्रवेश गर्दै उनले भनेकी छन्, ‘मैले कलाकारिताको माध्यमबाट मुलुकलाई योगदान गरिरहेको छु । आजबाट एमालेमा रहेर राजनीतिमा अगाडि बढ्ने अठोट लिएको छु । केपी शर्मा ओलीको व्यक्तित्व र प्रतिबद्धताबाट प्रभावित भएरै मैले एमाले रोजेको हुँ । एमालेले महिलालाई सधैं अगाडि बढाउँदै आएको छ र मुलुकको वास्तविक एजेन्डा बोकेको छ । यसैले मैले एमाले रोजेको हुँ ।’
कमेन्ट गर्नुहोस्