लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बुधबारबाट हुने दमक गोल्डकपको तयारी पूरा

IMG

२०७८ चैत ८, तिलोत्तमा सिटी । दमक नगरपालिकाको नगर खेलकुद विकास समितिले आयोजना गरेको बुधबारबाट हुने दमक गोल्डकपको  सम्पूर्ण तयारी पूरा भएको छ ।  दमक-३ स्थित प्रस्तावित मदन भडारी अन्तर्राष्ट्रिय रंगशालामा हुने प्रतियोगितामा चार विदेशी टोलीसहित दश टिमको सहभागिता रहनेछ । प्रतियोगितामा साविक विजेता नेपाल पुलिस क्बल, त्रिभुवन अर्मी फुटबल क्लब, मनाङ मर्स्याङ्दी फुटबल क्लब, आयोजक दमक–११, बागमती युथ क्लब, गोर्खा ब्वाइज पुलिस क्लब भारत, मानेभञ्ज्याङ फुटबल क्लब दार्जेलिङ, दुर्गापुर स्टिल क्बल कोलाकाता, एमिनियर फुटबल क्लब क्यामरुनको सहभागिता रहने खेल संयोजक मोहन मगरले जानकारी दिए । बुधबारबाट हुने प्रतियोगिता १८ चैतमा सम्पन्न हुनेछ । 


प्रतियोगिताका लागि मैदान सम्याउने, प्याराफिट निर्माण लगायतको काम सकिएको दमक नगर खेलकुद विकास समिति अध्यक्ष भीमराज चौलागाईंले जानकारी दिए ।प्रतियोगिताको विजेताले १३ लाख ११ हजार र उपविजेताले ६ लाख ११ रुपैयाँ नगद प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल दिइने अध्यक्ष चम्लागाईंले जानकारी दिए । सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवाड र प्रशिक्षकले नगद २१ हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।

कमेन्ट गर्नुहोस्