
२०७८ चैत ७, तिलोत्तमा सिटी । स्थानीय तह निर्वाचनका लागि रुपन्देहीमा म्यादी प्रहरी भर्ना प्रक्रिया अगाडि बढेको छ । यहाँका २०८ वटा निर्वाचन बुथ, ६१० मतदान केन्द्रमा खटाउन चैत ११ गतेसम्म अवधि दिएर दरखास्त आह्वान गरिएको छ ।आइतबारदेखि नै म्यादीमा भर्ना प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिनुभयो । जिल्लामा दुई हजार ३६० जना म्यादी प्रहरी भर्ना लिइने उपरीक्षक रेग्मीको भनाई छ । सेना र प्रहरीबाट अवकाश भइसकेकालाई प्राथमिकतामा राखिने उहाँले जानकारी दिनुभयो ।५४ वर्ष ननाघेकालाई छनोटको मापदण्ड समेत निर्धारण गरिएको छ । म्यादी प्रहरीले ४० दिन काम गर्न पाउनेछन् । त्यसका लागि नेपाल प्रहरी जवान सरह मासिक ३० हजार २४० रुपियाँ पारिश्रमिक निर्धारण गरिएको छ । अर्को साताबाट उनीहरुको आधारभूत तालिम सुरु गरिने प्रहरी उपरीक्षक रेग्मीले बताउनुभयो ।
कमेन्ट गर्नुहोस्