लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमामा गुडिरहेको मोटरसाइकलबाट खसेर एक युवाको मृत्यु

IMG

चैत्र ५ गते २०७८,तिलोत्तमा सिटी। रुपन्देहीमा गुडिरहेको मोटरसाइकलबाट खसेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा तिलोत्तमा-१५ पत्थरडाँडाका २३ वर्षीय जितबहादुर थापाको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । थापा तिलोत्तमा-३ जानकीनगरमा बिहिवार राति १२ बजेतिर गुडिरहेको मोटरसाइकलबाट खसेका थिए । उनी चढेको मोटरसाइकल र चालकको भने अहिलेसम्म पहिचान भएको छैन। मोटरसाइकल र चालकको खोजी गरिरहेको प्रहरीले जनाएको छ।


यस्तै पूर्वबाट पश्चिमतर्फ आइरहेको लु५८प ३९६५ नम्बरको मोटरसाइकललाई पश्चिमबाट पूर्वतर्फ गइरहेको लु२ख ३५७३ नम्बरको टिपरले बिहिवार देवदह नगरपालिका-९ भलुहीमा ठक्कर दिएको थियो । दुर्घटनाबाट पश्चिम नवलपरासीकी २४ वर्षीया शान्ति भण्डारीको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।


गम्भीर घाइते भएकी भण्डारीको उपचारको क्रममा बिहीबार राति देवदह मेडिकल कलेजमा मृत्यु भएको हो । उक्त मोटरसाइकल उनकै श्रीमान २६ वर्षीय हरिप्रसाद पौडेलले चलाएका थिए। दुर्घटनामा  पौडेल र उनका तीन वर्षीय छोरा अर्जुन घाइते भएका छन्। उनीहरूको अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्