लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

न्यौपाने वंश समाज नेपालको छैठौं केन्द्रिय महाधिवेशन तथा ११ औ लिला स्मृति दिवस सम्पन्न

IMG

चैत्र ५ गते २०७८,तिलोत्तमा सिटी। रुपन्देहीको तिलोत्तमा ५ नयामिलमा आफ्नो केन्द्रिय कार्यालय रहेको न्यौपाने वंश समाज नेपालको छैठौं केन्द्रिय महाधिवेशन तथा ११ औ लिला स्मृति दिवस सम्पन्न भएको छ। केन्दिय अध्यक्ष मेघराज न्यौपानेको अध्यक्षता  तथा लुम्बिनी प्रदेशका साम्सद तथा संस्थाका सल्लाहकार डा.कृष्णप्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रमममा विभिन्न जिल्लाका प्रतिनिधिहरुको उलीख्य उपस्थिति रहेको थियो। 


कार्यक्रमको भब्य समारोहका बिच नवलपुर कावासोती निवासी गंगाप्रसाद न्यौपानेको संयोजकत्वमा निर्माण भएको न्यौपाने बंशावली पुस्तक समेत बितरण गरिएको थियो । छैटौं महाधिवेशनले आगामी कार्यकालको लागी  केन्द्रीय अध्यक्षमा बलराम न्यौपानेलाई चयन गरेको छ। त्यस्तै वरिष्ठ उपाध्यक्षमा ईस्वरीप्रसाद न्यौपाने,७ प्रदेशको प्रतिनिधित्वको निम्ति प्रत्येक प्रदेश समेटि दायित्व दिई ७ वटा उपाध्यक्षहरु तथा महासचिवमा गेहेन्द्रराज न्यौपाने,सचीवमा गणेशप्रसाद न्यौपाने,सह- सचिवमा कुस्माखर न्यौपाने, कोषाध्यक्षमा दुर्गा प्रसाद न्यौपाने साथै सह- कोषाध्यक्ष र लेखासमिती गरि १७ सदस्यीय केन्द्रिय कार्यसमिति  गठन भएको छ ।


केन्द्रीय समितिमा  नवनिर्वाचित अध्यक्ष बलराम न्यौपानेले आफ्नो कार्यकालमा  पितृपुराण लगाउने, सम्पुर्ण न्यौपानेलाई समेटी बंशावली निर्माण गर्ने , न्यौपाने समाज बिस्तारितका लागी बाकीरहेका जिल्लाहरुमा गइ समिती गठन गर्ने जस्ता धेरै महत्वपुर्ण कार्यहरु सम्पन्न गर्न्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो ।अधिबेशनमा समाजलाई योगदान पुर्याएको भन्दै सामाजिक युवा लोकराज न्यौपानेलाई सम्मान पत्र सहित सम्मान गरिएको थियो।


त्यस्तै न्यौपाने बंश समाज नेपालको केन्द्रिय कार्यालयका जग्गा दाता तथा अक्षयकोषको निम्ति  ब्यक्तिगत तर्फबाट  रु ४२७०५०/ र  समग्र परिवारको तर्फबाट रु१९२७०५०/ (मन्दिरको निर्माण तथा समग्र विकासको निम्ति) प्रदान गर्नुहुने संस्थापक संरक्षक स्व. लिलाराम न्यौपाने ज्युको ११ औं स्मृति दिवस समेत समाजले सम्पन्न गरेको छ। चैत ३ गते सस्थापक लिलारामको अर्धशालिकमा माल्यार्पण गर्दै लुम्बिनी प्रदेशका सांसद डा. कृष्ण प्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा स्मृति सभा सम्पन्न गरेको हो।  सो सभामा स्वर्गीय लिलारामको योगदान र न्यौपाने बंशको संरक्षण र सम्बर्धनका लागि उहाले खेलेको योगदानको बारेमा बक्ताहरुले आफ्नो मन्तब्य साथै विभिन्न कबिता समेत प्रस्तुत गरिएको थियो। समाजले निकट भविष्यमै आफ्नो समाजको चिनारी सहितको क्यालेण्डर समेत प्रकाशन गर्ने भएको छ।


कमेन्ट गर्नुहोस्