लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

होलीमा यात्रुलाई घरमाथिबाट फोहोर पानी र लोला हाने कारबाही

IMG

चैत्र २ गते २०७८,तिलोत्तमा सिटी। होली पर्वलाई लक्षित गरेर प्रहरीले विशेष सुरक्षा योजना बनाएको छ।होलीको समयमा भिडभाड गरेर उछृंखल गतिविधि हुनसक्ने भएकाले सामान्य अवस्थाभन्दा बढी प्रहरी परिचालन गर्ने गरी योजना बनाइएको हो। त्यसलाई लक्षित गरेर प्रहरी जनशक्ति खटिने, मोबाइल टोली, पैदल गस्ती,क्वीक रेस्पोन्स टिम र केहि स्थानमा चेकिङ हुनेछ ।‘केहि टोलीलाई सादा पोशाकमा खटाइनेछ भने सिनियर प्रहरी अधिकृत होलीको सुरक्षा व्यवस्थापनमा खट्ने प्रहरीले बताएको छ। गत वर्ष प्रहरीले कोरोना महामारीका कारण भिड जम्मा गरेर होली खेल्न रोक लगाएको थियो ।


यसपालि होली खेल्न बाधा नभएपनि कोही कसैको इच्छा विपरित जबरजस्ती रंग दले कारबाही हुने बताईएको छ। प्रहरीका अनुसार कसैलाई फोहोर पानी वा कमिकलसहितको रंग छ्यापेको पाइए पनि पक्राउ गरेर कारबाही गरिनेछ ।‘मादक पदार्थ एवं लागूऔषध सेवन गरेर होली खेल्न तथा सवारीसाधन नचलाउन पनि सर्वसाधारणलाई अपिल गरिएको छ, ‘चाड पर्वको समयमा प्रहरी नियन्त्रणमा पर्नु नपरोस् भन्नेमा सर्वसाधारण आफैं सचेत भइदिनु हुन्छ भन्ने अपैक्षा गर्दै नेपाल प्रहरीले होलीको समयमा मोटरसाइकलमा ३ जना चढ्ने, विना हेलमेट हिँड्ने जस्ता गतिविधिविरुद्ध पनि कडा निगरानी गरिने बताएको छ ।‘बाटोबाट हिँड्ने व्यक्तिलाई घरको छतबाट फोहोर पानी फाल्ने र लोला हान्ने काम पनि नगर्न अनुरोध गर्दै ‘अनुहार नै नचिनिने गरी विभिन्न रंग रोगन गरी होली नखेल्न पनि अनुरोध गरेको छ ।’कुनै घटना भए तत्काल नजिकका प्रहरी वा १०० मा फोन गरेर जानकारी गराउन पनि प्रहरीले अपील गरेको छ ।

कमेन्ट गर्नुहोस्