
२०७८ चैत १, तिलोत्तमा सिटी । प्रधानमन्त्री देउवा र साउदीका विदेशमन्त्री फैसलबीच भेटवार्ता भएको छ ।दुई दिने नेपाल भ्रमणका क्रममा सोमबार काठमाण्डु आइपुगेका विदेशमन्त्री फरहानले आज प्रधानमन्त्रीनिवास बालुवाटार पुगेर देउवासँग भेटवार्ता गरेका हुन् । उनीहरुबीच मंगलबार बालुवाटारमा शिष्टाचार भेटवार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।भेटमा आपसी सहकार्य र द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा कुराकानी भएको मन्त्रालयले जनाएको छ । त्यसअघि परराष्ट्रमन्त्री नारायण खड्का र साउदीका विदेशमन्त्रीसमेत रहेका राजकुमार फैसलबीच परराष्ट्र मन्त्रालयमा पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।
कमेन्ट गर्नुहोस्