
२०७८ चैत १, तिलोत्तमा सिटी । साउदी अरव र नेपालबीचको द्विपक्षीय उच्चस्तरीय बैठक सम्पन्न भएको छ । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको बैठकमा दुई देशबीचको सबै आयामहरुम छलफल भएको थियो । बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री डा. नारायण खड्का र साउदी अरवको नेतृत्व साउदी विदेशमन्त्री फैसल विन फरहान अल साउदले गरेका थिए । परराष्ट्र मन्त्रालयका अनुसार बैठकमा नेपाल र साउदीबीच जनरल कोअप्रेसन एग्रिमेन्टमा हस्ताक्षर भएको छ । हस्ताक्षर दुवै देशका विदेशमन्त्रीले गरेका थिए ।
कमेन्ट गर्नुहोस्