लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ

IMG

 २०७८ चैत १, तिलोत्तमा सिटी ।  सामाजिक सञ्जाल वाट्सएप मार्फत २९ लाख ४० हजार रूपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।  भक्तपुर ठिमी बस्ने काभ्रेपलाञ्चोक मन्डनदेउपुर गाउँपालिका– ४ घर भएका ३८ वर्षीय गान्दिप गौतमलाई सोमबार प्रहरीले पक्राउ गरेको हो । वाट्सएप मार्फत पार्सल र चिठ्ठा परेको रकम पाउनको लागि ट्याक्स रकम तिर्नुपर्छ भनी उनले विभिन्न व्यक्तिबाट रकम ठगी गरेको प्रहरीले जनाएको छ । महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले गौतमलाई पक्राउ गरेको हो । 


कमेन्ट गर्नुहोस्