
२०७८ चैत १, तिलोत्तमा सिटी । उदयपुरमा ९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बेलका नगरपालिका–५ घुम्ने लालिगुँरास टोल बस्ने ४५ वर्षीय गणेश खत्रीलाई सोमबार साँझ पक्राउ गरेको छ । प्रहरीका अनुसार खत्रीले ती बालिकालाई प्रलोभनमा पारी कुखुराको फर्ममा लगेर बलात्कार गरेको थिए । ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
कमेन्ट गर्नुहोस्