
२०७८ फागुन २९ , तिलोत्तमा सिटी । आइतबारका लागि बोलाइएको प्रतिनिसभा बैठक सुरु भएको छ । बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाभियोग प्रस्तावमाथि छलफल हुरु हुँदैछ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार जबराविरुद्धको महाअभियोग प्रस्ताव प्रतिनिधिसभाको बैठकमा नेकपा माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले पेश गर्नेछन् । १ फागुनमा नेकपा माओवादी केन्द्रका गुरुङ, नेपाली कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसाल र नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक जीवनराम श्रेष्ठ प्रस्तावक रहेको उक्त महाअभियोग प्रस्तावको समर्थकमा ९५ जना सांसद थिए ।
कमेन्ट गर्नुहोस्