लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेकपा एमालेको केन्द्रीय किमिटीको बैठक चैत ९ र १० गते बस्ने

IMG

२०७८ फागुन २७ , तिलोत्तमा सिटी ।  नेकपा एमालेको केन्द्रीय किमिटीको बैठक चैत ९ र १० गते बस्ने भएकाे छ  ।  चैत १ गते सचिवालयको र चैत ७ गते पोलिट्ब्यूरोको बैठकपछि केन्द्रीय कमिटीको बैठक बस्ने एमाले केन्द्रीय कार्यालय सचिव डा.भीष्म अधिकारीले बताउनुभयो ।पछिल्लो समय देशका प्रमुख लगायतका सबै दलहरु स्थानीय तहको चुनाव केन्द्रीत छन् । आगामी चुनावमा सत्ता गठबन्धन सँगसँगै जानुपर्नेमा गठबन्धनका दलले बताउदै आएका छन् ।एमालेले भने चुनावमा एक्लै लड्ने जनाउदै आएको छ । राजनीतिक दलहरु स्थानीय चुनाव लक्षित गतिविधिको तयारीमा जुटेको बेला एमालेको बैठक बस्न लागेको हो ।

कमेन्ट गर्नुहोस्