लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

निर्वाचन आयोगमा स्थानीय तह निर्वाचनसम्बन्धी छलफल सुरु

IMG

२०७८ फागुन २७ , तिलोत्तमा सिटी । निर्वाचन आयोगमा स्थानीय तह निर्वाचनसम्बन्धी छलफल सुरु भएको छ ।निर्वाचन आयोग र राजनीतिक दलका प्रतिनिधिबीच निर्वाचन घोषणा भएपछि आयोगले गरेको अहिलेसम्मको प्रगति, स्थिति र दलहरुबाट गरेको अपेक्षाको सन्दर्भमा छलफल हुँदै छ । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि ८० राजनीतिक दलले दर्ताका लागि निवेदन दिएका थिए । तर, ऋषि कट्टेल नेतृत्वको एक दलबाहेक ७९ दल दर्ता भएको आयोगले जनाएको छ ।छलफलमा विभिन्न १७ राजनीतिक दलका प्रतिनिधि सहभागी छन् ।


कमेन्ट गर्नुहोस्